नियम ३५
नयाँ अनुमतिपत्र जारी गर्ने
(१) नियम ३१ बमोजिम सम्झौता गर्ने बोलपत्रदाता वा नियम ३२ बमोजिम क्रण र दायित्व स्वीकार गर्ने व्यक्तिलाई सम्बन्धित दूरसञ्चार सेवाको नयाँ अनुमतिपत्र जारी हुनेछ।
(२) उपनियम (१) बमोजिम अनुमतिपत्र दिँदा प्रचलित कानूनको अधीनमा रही सेवा प्रदायकको माग बमोजिम सेवाको प्रकृति तथा अनुमतिपत्रको प्रकारको आधारमा स्तरोन्नति वा प्रयोगयोग्य बनाउन उपयुक्त सेवाको अनुमतिपत्र दिन सकिनेछ।
(३) उपनियम (१) बमोजिम नयाँ अनुमतिपत्र जारी भएको सेवा प्रदायकको माग बमोजिम बोलपत्र बमोजिम खरिद गरेको वा क्रण वा दायित्व सकार गरेको सेवा प्रदायकले साविकमा प्रयोग गरिरहेको फ्रिक्वेन्सीमा प्रचलित कानून बमोजिम निर्धारण भएको दस्तूर बुझाउने गरी थपघट वा हेरफेर (रिफार्मिङ्ग) गर्न सकिनेछ।
(४) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि दूरसञ्चार सेवाको अनुमतिपत्र भएको कुनै सेवा प्रदायकको बोलपत्र नियम ३० बमोजिम स्वीकृत भएमा वा त्यस्तो सेवा प्रदायकले नियम ३२ बमोजिम क्रृण वा दायित्व सकार गरेमा देहायको अवस्थामा देहाय बमोजिम हुनेछः-
(क) ऐनको दफा २५ को उपदफा (१) बमोजिम अनुमतिपत्रको अवधि समाप्त भएको वा ऐनको दफा ३३ को उपदफा (४) बमोजिम नयाँ अनुमति लिन नचाहने अनुमतिपत्रको हकमा नयाँ अनुमतिपत्र जारी हुनेछ। यसरी नयाँ अनुमतिपत्र जारी गर्नुपूर्व निजको साविकको अनुमतिपत्र बमोजिमको सबै दायित्व भुक्तान गरी त्यस्तो अनुमतिपत्र रह गर्नु पर्नेछ। दायित्व भुक्तान गरी बाँकी रहेको सम्पत्ति, सञ्चालनमा रहेको सेवा र ग्राहक नयाँ अनुमतिपत्र अन्तर्गत हस्तान्तरण हुनेछन्।
(ख) ऐनको दफा २५ को उपदफा (५) बमोजिम स्वतः रद्द भएको वा दफा २८ बमोजिम खारेज भएको वा नियम २५ बमोजिम सेवा सञ्चालन गर्न नसक्ने भनी निवेदन दिएको अनुमतिपत्रको हकमा बोलपत्र स्वीकृत हुने वा क्रण र दायित्व स्वीकार गर्ने सेवा प्रदायकले आफ्नो साविकको अनुमतिपत्र वा उपनियम (१) बमोजिम जारी हुन सक्ने सम्बन्धित सेवाको नयाँ अनुमतिपत्र मध्ये एउटा अनुमतिपत्र छनौट गर्न सक्नेछ।
(ग) खण्ड (ख) बमोजिम आफ्नो साविकको अनुमतिपत्र कायम राख्न चाहेमा बोलपत्र स्वीकृत भएको वा क्रण र दायित्व सकार गरेको साविकको अनुमतिपत्रको अवधि र निजको साविकको अनुमतिपत्रमध्ये जुन अनुमतिपत्रको अवधि बढी हुन्छ सोही अनुमतिपत्रको अवधि कायम हुनेछ।
(घ) बोलपत्र स्वीकृत भएको वा क्रृण र दायित्व सकार गर्ने सेवा प्रदायकले चाहेमा प्रचलित कानून बमोजिम निर्धारण भएको दस्तूर बुझाउने गरी निजले साविकमा प्रयोग गरिरहेको रेडियो फ्रिक्वेन्सीमा बोलपत्र स्वीकृत भएको वा क्रृण र दायित्व स्वीकार गरेको सेवा प्रदायकले प्रयोग गरिरहेको फ्रिक्वेन्सी थप गरी लिन सक्नेछ। यसरी थप फ्रिक्वेन्सी दिँदा प्रचलित कानून बमोजिम तोकिएको फ्रिक्वन्सीको अधिकतम सीमा सम्बन्धी व्यवस्था लागू हुने छैन।
(ङ) बोलपत्र स्वीकृत भएको वा लिलाम सकार गर्ने वा क्रण र दायित्व स्वीकार गर्ने सेवा प्रदायकले नयाँ अनुमतिपत्र लिन चाहेमा निजको साबिकको अनुमतिपत्र बमोजिमको सबै दायित्व भुक्तान गरी सो अनुमतिपत्र रद्द गरी नयाँ अनुमतिपत्र जारी हुनेछ। दायित्व भुक्तान गरी बाँकी रहेको सम्पत्ति, सञ्चालनमा रहेको सेवा र ग्राहक नयाँ अनुमतिपत्र अन्तर्गत हस्तान्तरण हुनेछन्।